सोमबार, असोज ८, २०८०

रिजालको निधनले कांग्रेस र राष्ट्रलाई अपूरणीय क्षति : सभापति देउवा

 |  मंगलबार, असोज २, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएका छन्। 

sagarmatha cement

स्व रिजालको १३औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले स्व रिजालले वडाध्यक्षका रुपमा भए पनि राम्रो काम गर्नुभएको र ती कामको सधैँ स्मरण रहिरहने उल्लेख गरे।

सभापति देउवाले विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित जुझारु नेताका रुपमा परिचित स्व. रिजालको वडाध्यक्षका रुपमा काम गर्दागर्दै असामयिक निधन भएकोप्रति दु:ख व्यक्त गरे।  सभापति देउवाले स्व. रिजालले गर्न बाँकी रहेका काम कांग्रेस र सबै मिलेर पूरा गर्नुपर्ने उल्लेख गरे। 

रिजालका परिवारजनलाई पार्टीका तर्फबाट आवश्यक साथ र सहयोग रहने बताउँदै सभापति देउवाले परिवारजनमा समवेदना प्रकट गरे। सभामा सहभागी कांग्रेसका नेताहरूले स्व. रिजाललाई स्मरण गर्दै उनका अपूरा काम सम्पन्न गर्नसके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गरे। 

वडाध्यक्ष  रिजालको उपचारका क्रममा गत भदौ २१ गते निधन भएको हो। विसं २०२७ कात्तिकमा जन्मिएका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। 

विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा थिए। सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका स्व. रिजालले मानव अधिकारवादी संघसंस्थामा समेत आबद्ध भएर कार्य गर्दै आएका थिए। 

प्रकाशित: Sep 19, 2023| 18:40 मंगलबार, असोज २, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

युवा पलायनको चिन्ता गर्दै महासमिति बैठकको तयारीमा कांग्रेस

युवा पलायनको चिन्ता गर्दै महासमिति बैठकको तयारीमा कांग्रेस

कांग्रेसको बैठकले विभिन्‍न ९ वटा निर्णय गरेको छ, जसमा महासमिति बैठकको तयारीलगायत छन्।
कोशीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

मन्त्रिपरिषद्मा तीन राज्यमन्त्रीसहित ९ जना सहभागी भएका छन्।
मिसन–८४ मा एमालेको एकल बहुमतः केपी ओली

मिसन–८४ मा एमालेको एकल बहुमतः केपी ओली

एमाले मरेको बिरालोजस्तो नभएर जिउँदो बाघ भएर अघि बढिरहेको अध्यक्ष ओलीको भनाइ छ।