सोमबार, असोज ८, २०८०

शेखरले बोलाएको बैठकमा अर्जुन नरसिंह गयल, बीचमै निस्किए गगन

 |  मंगलबार, असोज २, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता शखेर कोइराला समूहको गुट भेलामा सोही समूहका शीर्ष नेता अर्जुनरसिंह केसी अनुपस्थित रहे। यसअघि आफ्नै निवासमा शेखरबाहेकको बैठक राखेका अर्जुननरसिंह केसी शेखर कोइरालाले बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा बोलाएको भेलामा भने सहभागी भएनन्।

sagarmatha cement

त्यसैगरी सोही समूहका शीर्ष नेता बलबहादुर केसी पनि उक्त भेलामा सहभागी भएनन्। लामो समयदेखि शेखर कोइराला र महामन्त्री गगन थापाको आपसी तिक्तताका कारण बस्‍न नसकेको गुटको भेला मंगलबार बोलाइएको हो।

उक्त भेलामा सरकारको कामको समीक्षा र कोशी प्रदेश सरकार गठन र पार्टीका विभाग गठनलगायका विभिन्‍न विषयमा छलफल चलिरहेकै समयमा अर्को कार्यक्रममा जानुपर्ने भन्दै महामन्त्री गगन थापा पनि निस्किएका थिए।

यद्पि अर्जुननरसिंह केसी र महामन्त्री थापा काठमाडौं महानगरपालिकाको वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको १३ ‍औं पुण्य तिथिको सभामा सहभागी हुन गएको बताइएको छ। त्यसैगरी यसअघि अर्जुननरसिंह केसीले बोलाएको भेलामा सहभागी भएका महामन्त्री विश्‍वप्रकाश शर्मा र प्रदीप पौडेल पनि शेखरले बोलाएको बैठकमा सहभागी भएनन्।

शेखर समूहले महामन्त्री शर्मालाई पनि गुटको भेलामा सहभागी हुने आमन्त्रण गरेको थियो। यद्पि महामन्त्री शर्माले भने गुटको भेलाअघि सामाजिक सञ्‍जाल फेसबुक र ट्विटरमा लामो स्टाटस लेख्दै बैठकमा सहभागी नहुने संकेत गरेका थिए। उनले गुटको भेलामा रमाउनेभन्दा पनि समाजमा बढेको असन्तुष्टि र वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना गर्नतर्फ केन्द्रित हुनुपर्ने जनाएका थिए।

'कांग्रेस कस्तो बन्ने र काँग्रेसमा को बन्ने? भन्दा महत्त्वपूर्ण प्रश्न- समाजमा असन्तुष्टि किन छ, हामी त्यसमा कति दोषी छौं, वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ?  `महासमिति´ मार्फत यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र पार्टी पंक्तिमा उर्जा दिन्छ,' उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ' दलहरुमा फरक विचार र विचार समूह हुनु स्वभाविक हो। कांग्रेसमा पनि छ / छन्। यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ। तर अहिलेको समय महासमितिबाट नीति, गति र मति उपर साझा दृष्टि निर्माणको समय हो। यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी बिषयहरुप्रति सजग छु / रहनेछु।'

त्यसैगरी यसअघि अर्जुननरसिंह केसीले बोलाएको बैठकमा सहभागी भएका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल पनि आमन्त्रण गरिएको शेखर समूहको भेला छोडेर स्व. गणेशमान सिंहको २६औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए। उनले सामाजिक सञ्‍जाल फेसबुकमार्फ आफू उक्त कार्यक्रममा रहेको जनाएका थिए।

उनले लेखेका छन्, 'निष्ठा र त्यागका प्रतिमूर्ति, पहिलो जनआन्दोलनका कमान्डर एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा, लौह पुरूष श्रद्धेय नेता स्व. गणेशमान सिंहको २६औँ स्मृति दिवसको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धासुमन! यसै अवसरमा नेपाली कांग्रेस टोखा ०२ ले आयोजना गरेको माल्यार्पण तथा चियापान कार्यक्रममा सहभागी हुँदै।'

भेलामा शेखर कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको नेताहरु सहभागी थिए।

उक्त बैठकमा कानुन मन्त्री गुरुङकै अगाडि अहिलेको सरकारले राम्रोसँग काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको थियो। मन्त्री गुरुङले भने आफूले चाहेजसरी काम गर्न नसक्नुमा पार्टी नेतृत्व दोषी भएको बताएका थिए।

प्रकाशित: Sep 19, 2023| 18:35 मंगलबार, असोज २, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्