बिहीबार, मंसिर २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारको विकल्प खोज्‍नुपर्ने शेखर गुटको निष्कर्ष, सभापतिलाई भेटेर छलफल गर्ने

Siddartha premir insuranceSiddartha premir insurance

सरकारको विकल्प खोज्‍नुपर्ने शेखर गुटको निष्कर्ष, सभापतिलाई भेटेर छलफल गर्ने

कांग्रेस उपसभापति तथा सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसमेत सहभागी गुट भेलाले अहिलेको सरकारले काम गर्न नसकेको निष्कर्ष निकालेको हो।
 |  मंगलबार, असोज २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

ntc landingntc landing

काठमाडौं- नेपाली कांग्रेसका नेता शखेर कोइराला समूहको गुट भेलाले अहिलेको सरकारको विकल्प खोज्‍नुपर्ने निष्कर्ष निकालेको छ। लामो समयदेखि शेखर कोइराला र महामन्त्री गगन थापाको आपसी द्वन्द्वका कारण बस्‍न नसकेको शेखर समूहको गुट भेला मंगलबार बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको हो।

himalayan bank box

कांग्रेस उपसभापति तथा सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसमेत सहभागी गुट भेलाले अहिलेको सरकारले काम गर्न नसकेको निष्कर्ष निकालेको हो। भेलाले अहिलेको सरकारको काम चित्त बुझाउने खालको नभएकोले आगामी केन्द्रीय समिति बैठकमा यसबारे छलफल गर्ने निष्कर्ष निकालेको भेलामा सहभागी केन्द्रीय सदस्य सञ्‍जयकुमार गौतमले जानकारी दिए।

उनले भने, 'सरकारको कामबारे हामीलाई चित्त बुझेको छैन। हाम्रो पार्टीको प्रधानमन्त्री नभए पनि यो सरकार हाम्रो पार्टीको समर्थनमा बनेको छ। यसरी काम गर्न नसक्‍ने सरकारलाई समर्थन गरिरहने कि यसको विकल्प खोज्‍नुपर्छ भन्‍ने विषयमा पनि छलफल भएको छ।'

बैठकमा कोशी सरकारको विषयमा पनि न्यायसंगत नभएको आफूहरुको निष्कर्ष भएको उनले सुनाए। उनले भने, ‘कोशी सरकारको विषयले राजनीतिक रुपमा पनि अफ्ठ्यारो पारेको छ। संवैधानिक र संस्थागत रुपमा पनि अफ्ठ्यारो पारेको छ। नयाँ ढंगले सोच्नुपर्छ।

यसबारेमा शेखर कोइराला समूहका शीर्ष नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन्। आज बसेको इतर पक्षको भेलाले परिस्थिति ढुक्क भएर बस्‍न मिल्ने खालको नभएकाले सभापतिसँग वार्ता गर्ने निर्णय गरेको पनि उनले जानकारी गराएका छन्।

vianet

भोलि नै शेखर कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डेलगायत नेताहरु देउवाकहाँ जाने निर्णय भएको बैठकमा सहभागी अर्का एक नेताले जानकारी दिए। ती नेताले भने, 'सरकार र पार्टी नेतृत्वको काम सन्तोषजनक छैन। त्यसबारेमा भोलि नै सभापतिकहाँ समय लिएर छफल गर्ने कुरा भएको छ। उहाँ परिस्थितिको गम्भिरतालाई बुझेर सिंगो पार्टीलाई एकताबद्ध बनाएर जानेबारेमा तयार हुनुहुन्छ भन्ने विश्वास छ। सभापतिसँगको कुरा गरेर आवश्यक कदम चाल्छौं। पार्टीको बैठक पनि बैठकको लागि मात्रै हुनु हुँदैन।'

गुटको बैठकमा नेता कोइरालासहित पार्टीका उपसभापति एवं का‍नुनमन्त्री धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहित कोइराला समूहका नेता सहभागी थिए। यसअघि आमनिर्वाचनमा पार्टीबाट बागी उम्मेदवार बन्दा पार्टीबाट निष्कासित भएका केन्द्रीय सदस्य दिनेश कोइरालासमेत मंगलबारको बैठकमा सहभागी थिए। महामन्त्री थापा भने बीचमा नै बैठक छोडेर निस्किएका थिए। यसअघि शेखरबाहेकको भेला बोलाएका नेता अर्जुननरसिंह केसी र नेता बलबहादुर केसी पनि शेखर गुटको बैठकमा सहभागी थिएनन्।

मन्त्री गुरुङद्वारा काम गर्न नसकेको स्वीकार
कानुनमन्त्री धनराज गुरुङले सरकारमा रहँदा काम गर्न नसकेको गुटको बैठकमा स्वीकार गरेका छन्। उनले सरकारले राम्रो काम गर्दा पार्टीबाट खुलेर सहयोग नपाएको र आफूले चाहेजस्तो गरी काम गर्न नसकेको स्वीकार गरेका हुन्।

आफूले पाएको मन्त्रालयमा चाहेजसरी काम गर्न नसक्‍नुमा उनले पार्टी नेतृत्वलाई दोषारोपण गरेका छन्। मन्त्री गुरुङको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'सरकारमा उच्च मनोबलले काम गर्ने पार्टीको चाहेजति साथ र सहयोग आवश्यक छ। पार्टी खुलेरै साथ दिने हिसाबले निस्कनुपर्‍यो। बाहिर टीकाटिप्पणी भएको जस्तो होइन। हामी पनि सरकारलाई सफल बनाउन लाग्नुपर्छ। तर, जसरी काम गर्छौं भनेका थियौं, त्यो अनुरुप काम गर्न सकिएको छैन।'

न्यायाधीश नियुक्तिदेखि भ्रष्टाचार छानबिनको विषयमा कुनै गलत काम नगरेको भए पनि बाहिर आलोचना हुँदा पार्टी र आफ्नै समूहका नेताहरु पनि मौन बसेको उपसभापतिसमेत रहेका कानुनमन्त्री गुरुङको गुनासो छ। मन्त्री गुरुङले पार्टी सभापतिबाट आफ्नो काममा हस्तक्षेप प्रयास भएको पनि आरोप लगाएका छन्।

प्रकाशित: Sep 19, 2023| 18:11 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्