बुधबार, मंसिर २०, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • गगन थापाले भने - प्रधानमन्त्रीलाई पद खुस्किने तनाव, मलाई ०८४ को चुनाव जित्‍ने तनाव 

गगन थापाले भने - प्रधानमन्त्रीलाई पद खुस्किने तनाव, मलाई ०८४ को चुनाव जित्‍ने तनाव 

 |  मंगलबार, असोज २, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई २०८४ को चुनाव कसरी जित्‍ने भन्‍ने तनाव रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले हरेक मानिसहरु अहिले तनावमा रहेको बताएका छन्। 

sagarmatha cement

उनले अहिलेका प्रधानमन्त्रीलाई पद कतिखेर खुस्किन्छ भन्‍ने चिन्ता रहेको पनि बताएका छन्। उनले भने, 'म अहिले चुनाव जितेर सांसद छु, मलाई अब ४ वर्षपछि कसरी चुनाव जित्ने भन्ने तनाव छ। ५ पटक प्रधानमन्त्री भएको मान्छेलाई ६ पटक किन भएन भन्ने तनाव छ। अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला की भन्‍ने तनाव छ।'

जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको बताउँदै उनले मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानो तिनो हारलाई पनि सहजै लिन जान्‍नुपर्नेसमेत उनले बताएका छन्।

‘जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुसी कसरी हुने भन्ने हो। तपाईंहरूले सफलताको भोक पनि राख्नुस्। परीक्षा छ भनेर घरबाट निस्किने बेलामा विद्यार्थीहरु तनावमा रहने गर्दछन्। सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाच्ने रहेछन्। सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ। काम गर्ने हो तर फलको आश नगर्ने हो। कर्म इमान्दारिताका साथ गर्नुपर्छ,’ उनले भने।
 

प्रकाशित: Sep 19, 2023| 16:42 मंगलबार, असोज २, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसले नारायणहिटीको साँचो बुझेका थिए

जसले नारायणहिटीको साँचो बुझेका थिए

त्यतिबेला राजाको ठाउँमा प्रधानमन्त्रीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउने काम अति संवेदनशील थियो। सुरक्षा जिम्मा पाएको काठमाडौं प्रहरी नेतृत्वको कुशलता र दूरदर्शिताविना यो काम सम्भव थिएन।