शनिबार, असार १४, २०८२

साढे ६ हजार वडामा समिति गठन गर्दै रास्वपा 

रास्वपाले साढे ६ हजार वडामा वडा समिति गठन गर्न १०० रुपैयाँ शुल्क तिरेर योग्य उम्मेदवारका लागि अनलाइन आवेदन खुलाएको हो।
 |  मंगलबार, असोज २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

vianetvianet

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  ६ हजार ५ सय वडामा समिति गठनका लागि अनलाइन आवेदन खुलाएको छ। रास्वपाले २ देखि २० असोजसम्म उम्मेदवारी दर्ताका लागि अनलाइन आह्वान गरेको हो।

वडा तहको समितिका लागिसमेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ।

१० देखि १६ कात्तिकसम्म निर्वाचनमार्फत नेतृत्व चयन गरिने कार्यतालिका रहेको पार्टीका सह–महामन्त्री तथा संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले बताए।कार्यसमितिमा चयन हुनेहरूको नामावली २० कात्तिकमा सार्वजनिक गरिने उनको भनाइ छ।

रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ। सभापति, उपसभापति, सचिवसहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ। ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ। महिला चार जना, ४५ वर्षमुनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन्।

प्रकाशित: Sep 19, 2023| 14:51 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्