बुधबार, मंसिर २०, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • बुटवलको सुप्रिम सहकारीविरुद्ध १ अर्ब बढी रकम ठगीको उजुरी

बुटवलको सुप्रिम सहकारीविरुद्ध १ अर्ब बढी रकम ठगीको उजुरी

सहकारीबाट बचतकर्ताको १ अर्ब बढी निक्षेप जोखिममा परेकाले फिर्ता माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो।
 |  मंगलबार, असोज २, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

काठमाडौं– बुटवलको सुप्रिम सहकारीले बचतकर्ताको १ अर्ब बढी रकम ठगेको प्रमाणसहित प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा निवेदन हालिएको छ।
सुप्रिम सहकारीले एउटै बचतकर्ताको साढे ३ करोडसम्म ठगेको उजुरी परेको कार्यालयले जनाएको छ।

sagarmatha cement

सहकारीबाट बचतकर्ताको १ अर्ब बढी निक्षेप जोखिममा परेकाले फिर्ता माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो।
निवेदनमा सहकारी संस्थाका सञ्चालक र पदाधिकारीलाई कारबाहीको माग गरिएको छ।

सुप्रिम सहकारी संस्थाका २ सय बढी सदस्यले आफूहरूको १ अर्ब बढी बचत रकम ठगी गरेको भन्दै उजुरी दिएको लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले बताए।

बचतकर्ताको रकम जोखिममा परेपछि प्रदेशका अधिकांश सहकारी संस्थालाई सुध्रिन आग्रह गरिए पनि सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकले बेवास्ता गरेको उनको भनाइ छ।

बचतकर्ताको रकम फिर्ता गर्न नसकेको र कार्यालय बन्द गर्ने अवस्थामा पुगेको सूचना पाएपछि जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले समन्वयमा सुप्रिमलगायतका सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता दिने सहमति भएको थियो। 

मुख्य कार्यालय बुटवल रहे पनि सुप्रिम सहकारीका अधिकांश लगानीकर्ता बुटवल बाहिरका हुन्। सहकारीका संरक्षकमा संस्थापक अध्यक्ष डिबी राई हर्बो नेचर नामक नेटवर्किङ व्यवसायका सञ्चालक रहेका छन्। सहकारीका सचिव पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन हुन्। दीपेश सुन तस्करी प्रकरणमा समेत मुछिएका पात्र हुन्।

प्रदेश सरकारी रजिस्ट्रार तिवारीका अनुसार लुम्बिनीमा ४ हजार ६ सय सहकारी छन्। तीमध्ये ७८७ वटा सहकारी लुम्बिनी प्रदेशको कार्यक्षेत्रभित्र छन्। काठमाडौंको भक्तपुरमा केन्द्रीय कार्यालय भई बुटवलमा ग्रिनमार्ट डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको शिवशिखर बहुउद्देश्यीय सहकारी ५ यस क्षेत्रमा ५ हजार बढी बचतकर्ताको रकम अपचलन गरी बेपत्ता भएको छ।

प्रकाशित: Sep 19, 2023| 13:19 मंगलबार, असोज २, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्