शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बहुविवाह गर्ने माओवादी नेता शेरबहादुर चौधरी पदीय जिम्मेवारीबाट निलम्बित

बहुविवाह गर्ने माओवादी नेता शेरबहादुर चौधरी पदीय जिम्मेवारीबाट निलम्बित

बहुविवाहको आरोप स्वीकारेपछि भजनी नगरका पूर्वमेयर शेरबहादुर चौधरीलाई नेकपा माओवादी केन्द्रले ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेको हो। 
 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

काठमाडौं– बहुविवाह गरेर सांस्कृतिक विचलनको आरोप लागेपछि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई जिम्मेवारीबाट निलम्बन गरेको छ।

National life

बहुविवाहको आरोप स्वीकारेपछि चौधरीलाई नेकपा माओवादी केन्द्रले ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेको हो। 

चौधरीलाई निलम्बन गरिएकोबारे केन्द्रीय कमिटीले मातहतको कमिटीलाई आन्तरिक सर्कुलर जारी गरेको माओवादी सुदूरपश्चिम प्रदेश सचिवालयले जनाएको छ। 

गत २५ भदौमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकपछि जारी सर्कुलरमा चौधरीले आरोप स्वीकार गरेकाले निलम्बन गर्ने निर्णय अनुमोदन गरिएको भनिएको छ। प्रदेश कमिटीको सिफारिसमा चौधरीलाई पार्टीको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य पदबाट निलम्बन गरिएको हो।

उनको गाउँ भजनी नगरपालिका–४ मा पनि उनले बहुविवाह गरेको हल्ला छ। उनी भजन नगरपालिकाका पूर्वमेयर पनि हुन्। उनी २०७४ को चुनावमा माओवादीबाट मेयरमा विजयी भएका थिए।

प्रकाशित: Sep 19, 2023| 13:05 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्