आइतबार, वैशाख २८, २०८२

शेखर समूहको बैठकमा नजाने महामन्त्री विश्वप्रकाशको संकेत

महामन्त्री विश्वप्रकाशले संस्थापन इतर समूहको बैठकमा आफूलाई गरिएको निम्तो अस्वीकार गर्ने देखिएको हो।
 |  मंगलबार, असोज २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

vianetvianet

काठमाडौं–कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले  संस्थापन इतर समूहका नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बोलाइएको बैठकमा नजाने संकेत गरेका छन्।

triton college

शेखर समूहले आगामी ४ असोजदेखि सानेपामा मुख्यालयमा हुने कांग्रेस केन्द्रीय समिति बैठकअघि रणनीति तय गर्न आज बालुवाटार सम्पर्क कार्यालयमा संस्थापन इतर समूहका नेताहरुको बैठक बोलाएको छ।

महामन्त्री विश्वप्रकाशले संस्थापन इतर समूहको बैठकमा आफूलाई गरिएको निम्तो अस्वीकार गर्ने देखिएको हो।

महामन्त्री शर्माले अहिलेको महासमिति बैठकबाट पार्टीको नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय भएको बताएका छन्। नेता शेखर समूहको बैठकमा सहभागी नहुने संकेत गर्दै शर्माले त्यसका लागि महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयप्रति सजग रहेको औंल्लाएका हुन्।

कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने भन्दा समाजमा असन्तुष्टिको निरुपण गर्नुपर्ने उनको धारणा छ। ‘समाजमा असन्तुष्टि किन छ? हामी त्यसमा कति दोषी छौं? वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सिर्जना कसरी गर्न सकिन्छ? महासमितिमार्फत यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र कांग्रेसलाई पनि,’ उनले सामाजिक सन्जालमा लेखेका छन्।

National life insurance

पार्टी पंक्तिमा ऊर्जा, नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास, २०८२ मा महाधिवेशन सुनिश्चितता गर्नतिर बहस केन्द्रित आवश्यक रहेको शर्माले औंल्याए।

‘समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री। कांग्रेसमा विचार समूहहरू र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमशः खोज्नेछ,’ उनले भनेका छन्।

दलहरूमा फरक विचार र विचार समूह हुनु स्वाभाविक भएको भन्दै यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्ने पनि उनको भनाइ छ।

प्रकाशित: Sep 19, 2023| 12:45 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्