बिहीबार, असोज ११, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • सम्पर्कविहीन तिलागुफाकी तत्कालीन उपमेयर दन्ता नेपाली प्रचण्डसमक्ष भइन् सार्वजनिक

सम्पर्कविहीन तिलागुफाकी तत्कालीन उपमेयर दन्ता नेपाली प्रचण्डसमक्ष भइन् सार्वजनिक

दन्ता नेपालीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको तस्बिर सार्वजनिक गरेकी हुन्। 
 |  मंगलबार, असोज २, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

काठमाडौं– कालीकोटको तिलागुफा नगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयर जितेकी दन्ता नेपालीले चार वर्षपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष सार्वजनिक भएकी छन्। २०७६ कात्तिकमा एक कार्यक्रमका लागि अमेरिका पुगेकी नेपाली त्यसपछि सम्पर्कविहीन थिइन्। 

sagarmatha cement

दन्ता नेपालीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको तस्बिर सार्वजनिक गरेकी हुन्।

उपमेयर नेपाली सम्पर्कमा नआएपछि सञ्चार माध्यमले अमेरिकामै लुकेर बसेको समाचार सम्प्रेषण गरेका थिए। समाचार प्रकाशित भएपछि तत्कालीन उपमेयर नेपालीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी थिइन्।

उनले आफू बिरामी भएका कारण नेपाल फर्किन नसकेको र उपचारका लागि अझै पाँच महिना बस्नुपर्ने बताएकी थिइन्, चार वर्षअघि नै। तर, अहिलेसम्म उनी नेपाल फर्किएकी छैनन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत छ। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नुभएको छ’, उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू तथा भ्रमण दलका सबै सदस्यहरूलाई भ्रमण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं। अमेरिकामा हार्दिक स्वागत। अमेरिकाको बसाइ सुखद रहोस्, हार्दिक शुभकामना!’

उपमेयरजस्तो सार्वजनिक पदधारण गरेकी दन्ता एकाएक अमेरिकामा पुगेर गायब भएपछि उनको पार्टी नेकपा माओवादीले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

प्रकाशित: Sep 19, 2023| 11:25 मंगलबार, असोज २, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्