बिहीबार, असोज ११, २०८०

नेपाली कांग्रेस कोइराला समूहको बैठक बस्दै

 |  मंगलबार, असोज २, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

sagarmatha cement

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ। कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठक बोलाइएको हो।

कोइरालाले १४औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई विजेता पदाधिकारी र केन्द्रीय सदस्यलाई बैठकमा बोलाएका हुन्। बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ। कोइराला समूहको बैठकमा शर्मा र पौडेललाई पहिलो पटक बोलाइएको हो 

२०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित थिए।

प्रकाशित: Sep 19, 2023| 10:12 मंगलबार, असोज २, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्