काठमाडौं– संस्थापन इतरका नेता शेखर कोइरालाले बालुवाटार सम्पर्क कार्यालयमा बैठक बोलाएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापन इतर समूहले आगामी रणनीति तय गर्न छुट्टै बैठक बोलाएको हो।
कोइरालाले १४औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई विजेता पदाधिकारी र केन्द्रीय सदस्यलाई बैठकमा बोलाएका हुन्। बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ।
२०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित हुन्।
२०८२ मा हुने १५औं महाधिवेशन आफ्नो पोल्टामा पार्न शेखरले संस्थापन इतरलाई बलियो बनाउने गरी शेखर अगाडि बढिरहेका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक ४ असोजमा बस्ने तय भएको छ।