मंगलबार, वैशाख २९, २०८३

पाँच वाणिज्य बैंकले घोषणा गरे लाभांश

लाभांश घोषणा गरेका बैंकमध्ये एनआईसी एसियाले चुक्ता पुँजीको कुल ३०.५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेर अग्र स्थानमा रहेको छ।
 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

काठमाडौं– पाँच वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेका छन्। यी बैंकले गत आवको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्।

National life

लाभांश घोषणा गरेका बैंकमध्ये एनआईसी एसियाले चुक्ता पुँजीको कुल ३०.५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेर अग्र स्थानमा रहेको छ। बैंकले २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो।

दोस्रोमा रहेको एभरेष्ट बैंकले चुक्ता पुँजीको कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो। यस्तै, सानिमा बैंकले चुक्ता पुँजीको कुल १४.७० लाभांश वितरण प्रस्ताव गरेको छ। बैंकले ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

माछापुच्छ्रे बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल १४ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ। बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सिटिजन्स बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकका आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

चालू आर्थिक वर्ष सुरु भएपछि हालसम्म डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण प्रस्ताव गरेका हुन्।

प्रकाशित: Sep 18, 2023| 16:46 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्