सोमबार, मंसिर १, २०८२

मिस वर्ल्डको भोटिङमा शृंखला अगाडि, यस्तो छ भोट गर्ने तरिका 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- सन् २०१८ मा मिस नेपाल बन्न सफल शृंखला खतिवडा यतिबेला मिस वर्ल्डको प्रतिस्पर्धामा मात्रै छैनन् की उनी भोटिङमा सबैभन्दा अगाडी छिन्। चीनमा भइरहेको प्रतिस्पर्धामा उनी सहित १२१ देशकाप्रतिस्पर्धीहरु प्रतिस्पर्धामा छन्। 

उनीहरुबीचको प्रतिस्पर्धाको इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुँदैछ। अहिलेसम्मको भोटिङलाई हेर्ने हो भने  शृंखला सबै प्रतिस्पर्धिहरुलाई पछि पार्दै शिर्ष स्थानमा छिन्। योसँगै उनलाई मिस वर्ल्डको बलियो दाबेदारको रुपमा हेर्न थालिएको छ।

उनले अहिले त्यहाँ उपस्थितहरुका बीचमा नेपाली भाषा बोल्ने, गीत गाउने जस्ता कार्य गर्दै आफुहरु तर्फ मान्छेहरुलाई आकर्षित गरिरहेकी छिन्। उनलाई अन्य देशका नागरिकहरुले पनि रुचाएको र सपोर्ट गरिरहेको फेसबुक मार्फत जानकारी दिएकी छन्। उनले आफूलाई भोट गर्न समेत अपिल गरेकी छन्।

 शृंखलालाई यसरी भोट गर्नुस्

१. मोब्स्टार (Mobstar) नामक एप डाउनलोड गर्ने,

२. कुनै पनि सामाजिक सञ्जाल एकाउन्टबाट लगइन गर्ने,

३. अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने,

४. निलो थोप्लो भएको प्रोफाइलमा Shrinkhala लाई फलो गर्ने (आइओएसमा पहेलो थोप्लो)

५. प्रोफाइल भित्र गइ फोटो भिडियोलाई देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने (औलाले सार्ने)

६. कमेन्ट गर्ने, कमेन्ट गर्दा पनि भोटमा गणना हुने छ।

यस्तै सक्दो सेयर गर्ने। जसले गर्दा उनलाई भोट गर्ने सहज तरिका धेरैले थाहा पाउने छन् र श्रृंखलालाई विजयी हुन सहज हुने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्