सोमबार, असोज २१, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गुल्मीदरबारमा अविवाहित महिला–पुरुष दुवैलाई भत्ता

पालिकाले ४० वर्ष कटेका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो।
 |  सोमबार, असोज १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

triton college
Metro Mart
vianet

काठमाडौं– गुल्मीको गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुष दुवैलाई भत्ता दिने निर्णय गरेको छ। पालिकाले ४० वर्ष कटेका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो। 

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रमअन्तर्गत साउनदेखि भत्ता दिइनेछ।

अविवाहित पुरुष र महिला दुवैको एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले प्रतिमहिना १ हजारका दरले भत्ता दिने निर्णय भएको पालिका अध्यक्ष सरोजकुमार थापाले बताए। बिहे नभएका महिला–पुरुषको साथमा पालिका रहेको अनुभूति दिलाउन भत्ता बाँड्न लागिएको उनको भनाइ छ।

प्रकाशित: Sep 18, 2023| 14:44 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्