शनिबार, वैशाख २६, २०८३

परराष्ट्रमन्त्री साउदले भेटे राष्ट्रसंघका उपमहासचिव

भेटमा दुवै जनाबीच विश्व शान्ति र सुरक्षाबारे छलफल भएको राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ। 
 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

National life

वासिङ्टन डिसी–संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव रोजम्यारी डी कार्लोबीच भेटघाट भएको छ।

आइतबार सम्पन्न भेटमा दुवै जनाबीच विश्व शान्ति र सुरक्षाबारे छलफल भएको राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ। साथै, शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दामा छलफल भएको बताइएको छ।

भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए।

प्रकाशित: Sep 18, 2023| 14:14 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्