आइतबार, जेठ २४, २०८३

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ।
 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

काठमाडौं– सत्तारुढ कांग्रेसले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रोकिएको बीपी साहित्य महोत्सव समापन ३ असोज संविधान दिवसका दिन गर्ने भएको छ।

National life

महोत्सव आयोजक समिति बैठकले महोत्सव समापन सभा ३ असोजमा गर्ने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ। गत साउनको केन्द्रीय समिति बैठकको निर्णयअनुसार कांग्रेसले २४ देखि २६ भदौसम्म सानेपा मुख्यालयमा महोत्सव आयोजना गरेको थियो।

कांग्रेसले अन्तिम दिनको कार्यक्रममा सहभागी भइदिन राजनीतिक दल नेता,  लेखक, साहित्यकार, बुद्धिजीवी, अध्येता, अनुसन्धाता एवं सामाजिक, सांस्कृतिक क्षेत्रमा रुचि राख्ने सबैलाई आग्रह गरेको छ।

प्रकाशित: Sep 18, 2023| 13:46 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।