बिहीबार, असोज ११, २०८०

कृष्णहरि पुष्करलाई फेरि अर्थसचिवको जिम्मेवारी

शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्दै कृष्णहरिलाई पुनः अर्थ मन्त्रालय भित्र्याएको हो। 
 |  सोमबार, असोज १, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्करलाई पुनः दोस्रोपल्ट अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ। शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्दै कृष्णहरिलाई पुनः अर्थ मन्त्रालयको अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

sagarmatha cement

मन्त्रिपरिषद् कार्यालय सरुवा भएका पोखरेल २० वैशाख २०८०मा अर्थसचिव भएका थिए। पोखरेललाई चार महिनामै सरुवा गरिएको हो। दोस्रोपल्ट अर्थसचिवको जिम्मा पाएका कृष्णहरि पुष्पक यसअघि २६ साउन २०७९ मा पनि अर्थसचिवको रुपमा अर्थ मन्त्रालय पुगेका थिए।

पुष्करलाई २१ पुस २०७९ मा अर्थ मन्त्रालयको सचिवबाट सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको थियो। त्यसलगत्तै उनलाई सामान्य प्रशासन मन्त्रालय पठाइएको थियो।

गत ७ भदौमा विनोदप्रकाश सिंहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएपछि पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका थिए।

गत वर्षको बजेट निर्माणका बेला तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बाहिरको मान्छे मन्त्रालय लगेर करका दर हेरफेर गराएको आरोप लागेका बेला पुष्कर राजस्व सचिव थिए। त्यतिबेला अर्थसचिव रहेका मधु मरासिनीले त्यहाँबाट सरुवा मागेर अन्त गएका थिए। तर, कृष्णहरि पुष्करको भने सरुवा गरिएको थिएन।

करका दर हेरफेर आरोपमा संसदीय छानबिनपछि सफाइ पाएलगत्तै अर्थमन्त्री जनार्दनले कृष्णहरिलाई अर्थसचिव बनाएका थिए। १९ साउन २०७९ को मन्त्रिपरिषद् बैठकले राजस्व सचिव रहेका कृष्णहरिलाई अर्थसचिवको जिम्मेवारी दिएको थियो।

प्रकाशित: Sep 18, 2023| 11:24 सोमबार, असोज १, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि, विद्युत् खेर नजाने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि, विद्युत् खेर नजाने

२२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकामा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको हो।
चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

सुपथ मूल्यका पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ रुपमा नागरिकलाई उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य।