शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता

प्रचण्ड–गुटेरेसबीच भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

National life

काठमाडौं– संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भेटवार्ता गरेका छन्। राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा आइतबार दुई नेताबीच भेटवार्ता भएको हो।

प्रचण्ड–गुटेरेसबीच भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। उनले ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ।

प्रकाशित: Sep 18, 2023| 10:32 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्