सोमबार, वैशाख २९, २०८२

न्यूयोर्क पुगे प्रधानमन्त्री दाहाल

 |  आइतबार, भदौ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

vianetvianet

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क पुगेका छन्।

triton college

प्रधानमन्त्री दाहाललाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका हुन्। प्रधानमन्त्रीको स्वागतमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सरकारी अधिकारीहरू उपस्थित थिए।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज ४ गते  सम्बोधन गर्ने कार्यतालिका रहेको छ। यसपटकको महासभामा प्रधानमन्त्रीले ‘विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबै दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे’ सम्बोधन गर्नेछन्।

न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महासभाकै क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग ‘साइडलाइन’ भेटघाट गर्नेछन्। राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्।

National life insurance

प्रकाशित: Sep 17, 2023| 20:54 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्