बिहीबार, असोज ११, २०८०

साउनमा मूल्यवृद्धि ७.५२ प्रतिशत

 |  आइतबार, भदौ ३१, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ।
      
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि छ दशमलव ४२ प्रतिशत बराबर रहेको छ।

sagarmatha cement

यो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ११ दशमलव ४६ प्रतिशत बराबर रहेको छ। त्यस्तै, काठमाडौँ उपत्यकामा आठ दशमलव ५०, तराईमा छ दशमलव ७० र पहाडमा सात दशमलव ५० प्रतिशत मूल्यवृद्धि देखिएको छ।
     
गत साउन महिनामा आयात एक दशमलव छ प्रतिशतले, निर्यात आठ दशमलव सात प्रतिशतले र कुल वस्तु व्यापार घाटा शून्य दशमलव सात प्रतिशतले घटेको छ। त्यस्तै विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव आठ प्रतिशतले बढेर रू एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ।
     
चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति रू ३२ अर्ब ९० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति रू १५ खर्ब ७३ अर्ब १२ करोड बराबर रहेको छ।

साउन महिनामा सरकारको खर्च ३५ अर्ब चार करोड र राजस्व परिचालन रू ७८ अर्ब ८७ करोड रहेको छ।

यो अवधिमा विस्तृत मुद्राप्रदाय दुई दशमलव चार प्रतिशतले घटेको छ। वार्षिक विन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १० दशमलव आठ प्रतिशतले बढेको छ।
     
साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन दुई दशमलव तीन प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव एक प्रतिशतले घटेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव आठ प्रतिशत रहेको छ।

प्रकाशित: Sep 17, 2023| 19:29 आइतबार, भदौ ३१, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि, विद्युत् खेर नजाने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि, विद्युत् खेर नजाने

२२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकामा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको हो।
चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

सुपथ मूल्यका पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ रुपमा नागरिकलाई उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य।