काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर आइतबार अपराह्न भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
राष्ट्रपतिसँगको भेटका बारेमा राससलाई जानकारी दिँदै वरिष्ठ नेता महतोले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भएपछि आफ्नो पहिलो भेट भएको र समसामयिक विषयमा छलफल भएको बताए।
भेटका अवसरमा आफूले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरणलगायत कामकारबाहीका सम्बन्धमा धन्यवाद व्यक्त गरेको नेता महतोले बताए। राष्ट्रपति पौडेलले छिट्टै जनकपुर भ्रमण गर्नुहुने कार्यक्रम रहेको र त्यसबारे पनि कुराकानी भएको उनले जानकारी दिए।