शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वराजालाई भारत गएको भन्दै आलोचना गरेका बाबुराम किन जाँदैछन् भारत? 

पूर्वराजालाई भारत गएको भन्दै आलोचना गरेका बाबुराम किन जाँदैछन् भारत? 

 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई आज भारत प्रस्थान गरेका छन्। पार्टीको प्रवास कमिटीको निमन्त्रणामा भट्टराई ७ दिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका हुन्।

National life

भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने भट्टराईको सचिवालयले जानकारी दिएको छ।

भारत बसाईका क्रममा भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुनेछ। उनी असोज ५ गते स्वदेश फर्कनेछन्।

उनले यसअघि बीपी साहित्य महोत्सवमा बोल्दै पूर्वाराजा ज्ञानेन्द्र भारत गएकोप्रति आक्रोश व्यक्त गरेका थिए। पूर्वराजालाई संकेत गर्दै डा. भट्टराईले अहिले नेपालमा अस्थिरता निम्त्याउने शक्तिहरु भारत र चीनको चाकडी गर्न लागेकोले अहिलेको नेतृत्व सचेत हुनुपर्नेसमेत बताएका थिए। 

पूर्वराजा ज्ञानेन्द्रलाई संकेत गर्दै उनले भने, 'हामीले पदच्युत गरेका मानिसहरु विदेशमा गएर बसेका छन्। महिनौंसम्म बसेका छन्। दुबै छिमेकीलाई रिझाएर विदेशीहरुको चाकडी गरेका छन्। नेपालमा वैदेशिक चलखेलमा साथ दिन तयार भइरहेका छन्। नेपालका नेताहरुलाई चिन्ता बसेका छन्।'  

प्रकाशित: Sep 16, 2023| 21:00 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्