शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले संविधान दिवसमा ७५३ वटै स्थानीय तहमा विशेष कार्यक्रम गर्ने

कांग्रेसले संविधान दिवसमा ७५३ वटै स्थानीय तहमा विशेष कार्यक्रम गर्ने

 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

National life

काठमाडौं- नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार गरेको छ।

कांग्रेसले २ असोजमा पार्टीका सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको २६ औँ स्मृति दिवस र ३ असोजमा संविधान दिवन मनाउन मातहतका निकायहरूलाई परिपत्र गरेको हो।

पार्टीको साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमितिले पार्टीको एक वर्षे कार्यतालिका पास गरेको थियो। सो कार्यतालिकामा उल्लेख भएबमोजिम कार्यक्रमहरू सम्पन्न गर्न तल्ला तहलाई परिपत्र गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Sep 16, 2023| 20:20 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्