शनिबार, वैशाख २६, २०८३

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

National life

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पाएका छन्। 

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोकेका हुन्। 

प्रधानमन्त्री दाहाल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन र तत्पश्चात् जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको सिलसिलामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित: Sep 16, 2023| 18:43 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्