बिहीबार, असोज ११, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशमा रहेका नेपालीलाई फर्काउने गरी योजना बनाउँदैछौं: उपाध्यक्ष श्रेष्ठ

विदेशमा रहेका नेपालीलाई फर्काउने गरी योजना बनाउँदैछौं: उपाध्यक्ष श्रेष्ठ

 |  शनिबार, भदौ ३०, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले वैदेशिक रोजगारमा गएकालाई फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बनाइरहेको बताएका छन्।

sagarmatha cement

राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले शनिबार काठमाडौंमा संयुक्त रूपमा आयोजना गरेको तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन, २०८० मा ‘वर्तमान आर्थिक चुनौती र उद्यमशीलताको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले १६औँ पञ्चवर्षीय योजना बनाइरहेको उल्लेख गरे। बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम उक्त योजनामा बनाइरहेको बताए।

उपाध्यक्ष डा. श्रेष्ठले युवालाई उपलब्ध गराउँदै आएको सहुलितपूर्ण कर्जा उत्पादन नबढेकाले रोक्नुपरेको बताए। 'सहुलियतपूर्ण कर्जा हामीले बाँड्यौँ। तर, उत्पादन र रोजगारी बढेन। त्यसैले हामीले अहिले रोकेका छौँ। पछि कार्यविधिलाई संशोधन गरेपछि नयाँ प्रक्रियामा सहुलियपूर्ण कर्जालाई लैजान्छौँ,' उनले भने।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नीति ल्याए पनि कार्यान्वयनमा समस्या भएकाले युवाको मुद्दा समाधान गर्न नसकिएको बताए। उनले युवाका समस्या युवासँग बसेर छलफल गर्न सके धेरै अगाडि बढ्न सकिने धारणा राखे।

नेपाल बैंकर एसोसिएसनका अध्यक्ष सुनील केसीले लगानी गरेको ऋण उठ्ने निश्चित हुनुपर्ने बताए। उनले आफूहरू पनि युवाका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उल्लेख गरे। जोखिम रहेकाले केही बैंक उद्योगमा लगानी गर्न डराएको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले युवाको उद्यमशीलताका लागि नयाँ गन्तव्य खोज्नुपर्ने बताइन्। उनले अहिलेका युवा धेरै सक्रिय रहेकाले नीति–नियम परिमार्जन गरेर युवालाई उद्यमशील बनाउन आवश्यक रहेको बताइन्।

कार्यक्रममा उद्योगी पवन गोल्यानले स्थानीय तहसँग मिलेर युवालाई उद्यमशील बनाउनुपर्ने बताए। 'किसानले दुःख गरेर उत्पादन गर्दछ, तर बेच्न सक्दैन। किसानले उत्पादन गरेको खाद्यवस्तुलाई बेच्ने वातावरण सरकारले बनाइदिनुपर्दछ। स्थानीय सरकारले पनि सहयोग गर्नुपर्दछ,' उनले भने। रासस

प्रकाशित: Sep 16, 2023| 19:18 शनिबार, भदौ ३०, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि, विद्युत् खेर नजाने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि, विद्युत् खेर नजाने

२२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकामा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको हो।
चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

सुपथ मूल्यका पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ रुपमा नागरिकलाई उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य।