शनिबार, वैशाख २६, २०८३

पदका लागि आउनेलाई पार्टीमा ठाउँ छैन : रवि लामिछाने 

 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

National life

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पदका लागि मात्रै आउनेलाई आफ्नो पार्टीमा ठाउँ नभएको बताएका छन्। गोरखा सदरमुकाममा आज आयोजित आमसभामा सम्बोधन गर्दै उनले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने र पार्टीमा त्यस्ता व्यक्तिलाई ठाउँ नभएको बताएका हुन्।

एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको उल्लेख गर्दै देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको पनि बताए। 

'हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ,' सभापति लामिछानेले भने। नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनको भनाइ थियो। देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए। 

प्रकाशित: Sep 16, 2023| 18:07 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्