शुक्रबार, वैशाख २६, २०८२

साताको सेयर बजार

चार दिन मात्रै खुलेको बजारमा ५ अर्ब बढीको कारोबार

यो साता आइतबार, सोमबार, मंगलबार र बुधबार खुलेको सेयर बजार तीन दिन बढेको थियो भने एक दिन घटेको थियो।
 |  शनिबार, भदौ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

vianetvianet

काठमाडौं– यो साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो। कुल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो।

triton college

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा यो सात चार दिनमा कुल ५ अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ बराबरको कारोबार भएको छ।

साताको पहिलो दिन आइतबार परिसूचक १० दशमलव २३ अंकले बढेर १ हजार ९ सय ४२ दशमलव ६८ पुगेर १ अर्ब ७ करोड २२ लाख १२ हजार चार सय १८ मूल्य बराबरको कारोबार भएको थियो। उक्त दिन ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ इकाइ सेयर कारोबार भएको थियो।

त्यस्तै, कारोबरको दोस्रो दिन सोमबार परिसूचक ४४ दशमलव ३० अंकले बढेर एक हजार ९ सय ८६ दशमलव ९९ अंकमा पुगेको थियो। यस दिन विभिन्न कम्पनीका कुल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता सेयर ३७ हजार सात सय ९९ पटक खरिद बिक्री हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको थियो।

साताको काराबारमा लगातार दुई दिन बढेर तेस्रो दिनको कारोबार भने घटेको थियो। मंगलबार नेप्से परिसूचक १९ दशमलव ४२ अंकले घटेर १ हजार ९ सय ६७ दशमलव ४२ अंकको बिन्दुमा आएको थियो। 

National life insurance

यस दिन दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको छ।

बुधबारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनका तुलनामा ३९ दशमलव ४८ अंकले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा पुगेको थियो। यस दिन दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ४९ करोड ५५ लाख २१ हजार ९ सय पाँच बराबरको कारोबार भएको थियो।

बिहीबार संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले नेप्सेसमेत बन्द भएको थियो भने शुक्रबार कारोबार बन्द हुने गरेको छ।

प्रकाशित: Sep 16, 2023| 16:10 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्