काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। आज बिहान राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका थिए।
भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्युयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। भेटमा समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ।