आइतबार, असार १५, २०८२

प्रहरी अधिकृत सरुवा माग्दै हर्क साम्पाङले लेखे गृहलाई चिठ्ठी

इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले आफूले भनेको अटेर गरेको बताएर सरुवा माग्दै गृह मन्त्रालयलाई चिठ्ठी लेखेका हुन्।
 |  शनिबार, भदौ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

vianetvianet

काठमाडौं– विवादमा आइरहने धरान उपमहानगरका मेयर हर्कराज राई (साम्पाङ)ले इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले आफूले भनेको अटेर गरेको बताएर सरुवा माग्दै गृह मन्त्रालयलाई चिठ्ठी लेखेका छन्। मेयर हर्कले आफूले भनेको नटेरेको भन्दै दुई दिनअघि मल्लको सरुवा मागेर गृहलाई चिट्ठी लेखेका हुन्।

उनले धरानमा अर्का डीएसपी पठाइदिन चिट्ठीमार्फत आग्रह गरेका छन्। डीएसपी मल्लले आफूलाई असहयोग गरेको, स्थानीय सरकारले भनेको नमानेको, पत्र नपठाई केही गर्न नमानेको र ढुंगागिटी, बालुवा तस्करलाई पक्राउ नगरेकालगायत आरोप मेयर हर्कले लगाएका छन्।

मेयरलाई गाली बेइज्जती गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी अनुसन्धान नगर्ने, आफूले दिएको उजुरीसमेत दर्ता नगरेको आरोप हर्कले डीएसपी मल्लमाथि लगाएका छन्।

चिट्ठीको बोधार्थ प्रहरी प्रधान कार्यालय नक्साल, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीलाई समेत दिइएको छ।

प्रकाशित: Sep 16, 2023| 11:52 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्