आइतबार, मंसिर १७, २०८०

आज बेलुकी न्युयोर्क जाँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन आज बेलुकी अमेरिकाको न्युयोर्क उड्न लागेका हुन्।
 |  शनिबार, भदौ ३०, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन आज बेलुकी अमेरिकाको न्युयोर्क उड्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले आगामी ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

sagarmatha cement

विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्नेछन्।आगामी २ असोजमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्।

न्युयोर्कमा रहँदा प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी  शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने तालिका छ। उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ताका साथै विभिन्न देशका समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी संलग्न हुने निश्चित भएको छ। 

प्रकाशित: Sep 16, 2023| 10:44 शनिबार, भदौ ३०, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्