आइतबार, पुस ६, २०८२

नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी चलाउँदै एमाले

महासचिव शंकर पोखरेल अध्यक्षताको बैठकले स्व. नेम्वाङको स्मृतिमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो।
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं–एमालेले संविधानसभाका अध्यक्ष एवं पार्टी उपाध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा आगामी २ असोजमा सातै प्रदेशमा विचार गोष्ठी चलाउने निर्णय गरेको छ।

National life

आज महासचिव शंकर पोखरेल अध्यक्षताको बैठकले स्व. नेम्वाङको स्मृतिमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो।

गोष्ठीमा विभिन्न राजनीतिक दलका नेतालाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने एमाले प्रचार विभागले जनाएको छ। अध्यक्ष केपी ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्नेछन्  अन्य ६ प्रदेशमा पार्टी उपाध्यक्ष जानेछन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुर, कोशीको इलाममा उपाध्यक्ष रामबहादुर थापा, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जानेछन्।

सबै प्रदेशमा हुने विचार गोष्ठीमा विभिन्न राजनीतिक दललाई समेत आमन्त्रण गर्ने निर्णय भएको कार्यालय सचिव डा. भीष्मनाथ अधिकारीले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 15, 2023| 15:51 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्