आइतबार, मंसिर १७, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले चीन–अमेरिका भ्रमणबारे संसद्लाई गराए अवगत

प्रधानमन्त्री प्रचण्डले चीन–अमेरिका भ्रमणबारे संसद्लाई गराए अवगत

आज बसेको संक्षिप्त प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमणबारे सांसदलाई जानकारी गराएका हुन्।
 |  शुक्रबार, भदौ २९, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं– प्रधानमन्त्री प्रचण्डले भोलिदेखि हुने आफ्नो अमेरिका र चीन भ्रमणबारे संसद्लाई अवगत गराएका छन्। आज बसेको संक्षिप्त प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमणबारे सांसदलाई जानकारी गराएका हुन्।

sagarmatha cement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिका जाँदै छन्। उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सरिक हुनेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले विश्व नेताहरुसँग साइडलाइन वार्ता गर्नेछन्।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी रहनेछन्। प्रधानमन्त्री प्रचण्ड ५ असोज अमेरिकाबाटै चीन भ्रमणमा जाने कार्यतालिका सार्वजनिक भएको छ।

प्रकाशित: Sep 15, 2023| 14:06 शुक्रबार, भदौ २९, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्