आइतबार, असार १५, २०८२

अनुमोदित भए सर्वोच्चमा प्रस्तावित न्यायाधीश शर्मा

शर्मालाई १० भदौको न्याय परिषद् बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो।
 |  शुक्रबार, भदौ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

vianetvianet

काठमाडौं– सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यकक्षमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको सुनुवाइ सकिएको छ।

यसअघि समितिले १० दिने म्याद दिएर शर्माविरुद्ध उजुरी आह्वान गरेकामा एउटा पनि उजुरी नपरेपछि सुनुवाइ समितिले शर्मालाई सर्वोच्चको प्रस्तावित न्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो।

शर्मालाई १० भदौको न्याय परिषद् बैठकल न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो। गत वर्ष भदौमा पनि शर्माको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको थियो। तर, त्यतिबेला संसदीय सुनुवाइ नहुँदा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन।

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएसँगै शर्माको नाम अनुमोदन गरेपछि न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्नेछ। समितिको सिंहदरबार कार्यालयमा उपस्थित प्रस्तावित न्यायाधीश शर्मालाई सांसदहरूले भावी न्यायाधीश भएपछि गर्ने कामबारे प्रश्न सोधेका थिए।

प्रस्तावित न्यायाधीश शर्माले नागरिकबाट अपेक्षा गरिएको भूमिका पूरा गर्ने प्रक्रियामा इमानदार प्रयास गरिने प्रतिबद्धता जनाएका छन्। आजको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै समितिबाट सर्वसम्मत न्यायाधीश सिफारिस भएका शर्माले तटस्थ र गुणस्तरीय न्याय सम्पादनमा प्रतिबद्ध रहने विश्वास दिलाएका छन्।

प्रकाशित: Sep 15, 2023| 13:18 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्