आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी नपरेपछि सीधै सुनुवाइ

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी नपरेपछि सीधै सुनुवाइ

शर्मालाई १० भदौको न्याय परिषद् बैठकल न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो।
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं– सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यकक्षमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको सुनुवाइ सुरु भएको छ। यसअघि समितिले १० दिने म्याद दिएर शर्माविरुद्ध उजुरी आह्वान गरेकामा एउटा पनि उजुरी नपरेपछि सीधै सुनुवाइ सुरु भएको हो।

National life

शर्मालाई १० भदौको न्याय परिषद् बैठकल न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो।

गत वर्ष भदौमा पनि शर्माको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको थियो। तर, त्यतिबेला संसदीय सुनुवाइ नहुँदा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएसँगै शर्माको नाम अनुमोदन गरेपछि न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

आज सिंहदरबारमा उपस्थित प्रस्तावित न्यायाधीश शर्मालाई सांसदहरूले प्रश्न सोधिरहेका छन्। प्रस्तावित न्यायाधीश शर्माले नागरिकबाट अपेक्षा गरिएको भूमिका पूरा गर्ने प्रक्रियामा इमानदार प्रयास गरिने प्रतिबद्धता जनाएका छन्। 

बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै शर्माले न्यायाधीश नियुक्त भए तटस्थ र गुणस्तरीय न्याय सम्पादनमा प्रतिबद्ध रहने विश्वास दिलाएका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Sep 15, 2023| 12:56 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्