मंगलबार, वैशाख २९, २०८३

दरबारमार्गको अन्नपूर्ण होटलमा खुल्यो भीटू क्लब 

दरबारमार्गको नयाँ परिचय स्थापित गर्ने उद्देश्यसहित खुलेको क्लबमा स्वादिष्ट परिकार, ब्रान्डेड मदिरा तथा सुरक्षित वातावरण, लाइभ म्युजिक, चर्चित डिजेको प्रस्तुति रहनेछ।
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

National life

काठमाडौं– दरबारमार्गस्थित होटल अन्नपूर्णमा अत्याधुनिक ‘भीटू क्लब’ सञ्चालनमा आएको छ। दरबारमार्गको नयाँ परिचय स्थापित गर्ने उद्देश्यसहित खुलेको क्लबमा अत्याधुनिक लाइट सिस्टम र साउन्ड संयोजन गरिएको छ।

क्लबको इन्टेरियर, सिटिङ अरेजमेन्ट उत्कृष्ट हुनुका साथै प्राइम लोकेसन तथा पर्याप्त पार्किङ सुविधायुक्त रहेको व्यवस्थापनले दाबी गरेको छ। यो क्लबले हरेक दिन फरक–फरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयम थप्ने योजना बनाएको सञ्चालक कृष्णकुमार बुढाथोकील बताए। 

स्वादिष्ट परिकार, ब्रान्डेड मदिरा तथा सुरक्षित वातावरण, लाइभ म्युजिक, चर्चित डिजेको प्रस्तुति रहने भीटू क्लब जान रुचाउनेका लागि उत्कृष्ट गन्तव्य भएको सञ्चालक बुढाथोकीले दाबी गरे। काठमाडौंको क्लब दुनियाँमा नयाँ ‘ट्रेन्ड सेटर’ का रूपमा स्थापित हुने लक्ष्यका साथ खुलेको भीटू क्लब अन्तर्राष्ट्रिय स्तरको छ।

प्रकाशित: Sep 15, 2023| 11:42 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्