मंगलबार, पुस ८, २०८२

नेकपा एसद्वारा कार्यविभाजनमा हेरफेर, कसले के पाए जिम्मेवारी ?

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ। केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

National life

उनका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा गरिएको पछिल्लो कार्यविभाजनअनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन्। महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामका साथै मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्नेछन्।

त्यस्तै, सम्मानीत नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रुपमा रहनेछन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएका छन्। पार्टीको प्रतिष्ठानहरूअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएको उपाध्यक्ष हमालले बताए।

एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनित गरेको छ। हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनित गरेको पार्टीका उपाध्यक्ष हमालले जानकारी दिए।

पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उनीहरूलाई केन्द्रीय सदस्य मनोनित गरिएको हमालको भनाइ थियो।

Laxmi sunrise bank
kumari

केन्द्रीय सदस्यमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुङ्गाना, लङ्क हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनित भएका छन्।

प्रकाशित: Sep 14, 2023| 19:10 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्