आइतबार, मंसिर १७, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • ढाकाकुमारले पैसा मागेको भनेर खुलाएको 'कोर टिम' बारे के गर्दैछ रास्वपा? 

ढाकाकुमारले पैसा मागेको भनेर खुलाएको 'कोर टिम' बारे के गर्दैछ रास्वपा? 

 |  बिहीबार, भदौ २८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित पूर्व सांसद डा. ढाका कुमार श्रेष्ठले पार्टीका केन्द्रीय सदस्यले मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेको खुलासा गरे। श्रेष्ठले स्वपाका केन्द्रीय सदस्य मोहनजंग थापाले आफूलाई मन्त्री बनाउनको लागि पैसा मागेको भनेर नाम खुलाएका थिए। यद्पि थापाले श्रेष्ठको उक्त अभिव्यक्ति झुटो, कपोकल्पित रहेको भन्दै त्यसप्रति आफ्नो र ध्यानाकार्षण भएको बताएका छन्। सामाजिक सञ्जाल फेशुबकमार्फत उनले आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चूनौतिसमेत दिएका छन्।

sagarmatha cement

उनले भनेका छन्, 'राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्वाहीमा परेका पूर्व–सांसद ढाका कुमार श्रेष्ठले एक टेलिभिजन अन्तर्वार्तामा मेरो नाम लिएर उनलाई मन्त्री बनाउने भन्दै पैसा मागेको झुठो, कपोल्कल्पित आरोप लगाएको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म उनलाई यो आरोप प्रमाणित गर्न चुनौती दिन्छु। आफ्नो भनाइ पुष्टि हुने एउटा पनि प्रमाण देखाए पार्टीले गर्ने जुन सुकै कारवाही भोग्न पनि तयार रहेको जानकारी गराउन चाहन्छु। उनको गैर जिम्मेवार अभिव्यक्तिले पर्न गएको असर बारे कानुनी परामर्शमा छु र छिट्टै अदालत जानेछु।'

त्यसैगरी रास्वापले पनि कुनै तहको पदाधिकारी वा केन्द्रिय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. ढाका कुमार वा जो कोही आएपनि पार्टीले त्यस्ता सदस्यलाई प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

बुधबार विज्ञप्ती जारी गर्दै ढाकाकुमारलाई पार्टीबाट कसैले पैसा मागेको हो? भनी सोध्दा उनले इन्कार गरेको उल्लेख गरेको छ। विज्ञप्तीमा ढाका कुमारलाई स्पष्टिकरणको मौका दिइएको बताइएको थियो। 

त्यसैगरी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरूमाथि उठाएका विषयमा गम्भीर रूपमा अनुसन्धान सुरु गरेको बताएका हुन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले श्रेष्ठले पार्टीका नेताहरूमाथि लगाएको आरोपका सम्बन्धमा गम्भीर रूपमा अनुसन्धान भएको भन्दै सत्यतथ्य प्रमाणित भए कारबाही गर्नेसमेत बताए।

उनले जिम्मेवार पार्टी भएकाले श्रेष्ठले राखेका कुरालाई पार्टीले गम्भीर रूपमा लिएको र अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आएपनि अनुसन्धान नरोकिने जिकिर गरे। रास्वपाबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर मन्त्री बनाउन तीन करोड रुपैयाँ माग गरेको बताएका थिए।

प्रकाशित: Sep 14, 2023| 20:00 बिहीबार, भदौ २८, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्