आइतबार, मंसिर २१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • दुई महिनामा बस्‍न लागेको कांग्रेस केन्द्रीय समिति बैठकमा के छन् एजेण्डा? 

दुई महिनामा बस्‍न लागेको कांग्रेस केन्द्रीय समिति बैठकमा के छन् एजेण्डा? 

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

काठमाडौं- नेपाली कांग्रेसको नियमित केन्द्रीय समिति बैठक असोज ४ गते बस्‍ने भएको छ। गत साउन २ देखि १० गतेसम्म बसेको बैठकबाट नै पार्टीको केन्द्रीय समिति बैठकबाट नै पार्टी विधान अनुसार दुई महिनामा नियमित बैठक बोलाउने प्रतिबद्धता सभापति शेरबहादुर देउवाले गरेका थिए। 

National life

सोही अनुसार असोज ४ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो। बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले असोज ४ का लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी गराएका हुन्। 

बैठकमा साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने जनाइएको छ। आन्तरिक विशेष अभियानमा कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो। कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो।

कांग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो। यस्तै कांग्रेसले भदौ २४, २५ र २६ गते भव्यताका साथ बीपी साहित्य महोत्सव आयोजना गर्यो। २४ र २५ गतेको सेसन सम्पन्न भए पनि २६ गतेका लागि तय भएका सेसन आगामी असोज ३ गतेका लागि बोलाइएको छ। संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि कांग्रेसले बीपी साहित्व महोत्सव २६ गतेको महोत्सवको सेसन रोकिएको हो। 

यसका साथै केन्द्रीय समिति बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ। कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ। २०७८ मंसिर–पुस सम्पन्न १४ औं महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्ने बताइएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 14, 2023| 19:40 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्