आइतबार, मंसिर १७, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्रीले भने - घोषित पुरस्कार पनि नपाउनु गम्भीर 

खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्रीले भने - घोषित पुरस्कार पनि नपाउनु गम्भीर 

 |  बिहीबार, भदौ २८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरिसकेको समेत पुरस्कार खेलाडीहरुले नपाएको कुराले गम्भीर बनाएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रममा बिहीबार सम्बोधन गर्दै घोषित पुरस्कार छिट्टै दिलाइने बताएका हुन्। 

sagarmatha cement

'यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले मलाई गम्भीर बनाएको छ। छिट्टै यो समस्या समाधान गरिनेछ,' उनले भने, 'तपाईंहरूको मनोबल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म आग्रह गर्दछु।'

नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसपटक पनि राम्रो गर्ने सरकारको विश्वास रहेको बताए।

'पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ। धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ, तपाईंहरूको अथक् मिहिनेत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ। मलाई पूर्ण विश्वास छ- यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ,' प्रधानमन्त्री प्रचण्डले भने। 

सरकार हमेशा खेलाडीहरूको साथमा रहेको जनाउँदै प्रधानमन्त्री दाहालले उच्च मनोबल र दृढताका साथ प्रतियोगितामा सहभागी हुन अपिलसमेत गरेका छन्। एसियाली खेलकुद प्रतियोगिता यही असोज ६ देखि २१ गतेसम्म छिमेकी राष्ट्र चीनको हाङ्झाओमा आयोजना हुँदैछ। प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई प्रधानमन्त्री दाहालले सफलताको शुभकामनासमेत दिए।

विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ।

प्रकाशित: Sep 14, 2023| 18:30 बिहीबार, भदौ २८, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्