आइतबार, असार १५, २०८२

एकीकृत समाजवादीमा थपिए २१ केन्द्रीय सदस्य

एकीकृत समाजवादीको विधानमा केन्द्रीय समितिमा ३५१ जना सदस्य रहने व्यवस्था रहे पनि तीमध्ये केहीको निधन भएको र केहीले पार्टी छाडेका कारण रिक्त २१ सदस्य मनोनीत गरिएको हो।
 |  बिहीबार, भदौ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

vianetvianet

काठमाडौं–सत्तारुढ नेकपा एकीकृत समाजवादीमा थप २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। केन्द्रीय कमिटी बैठक र केन्द्रीय सचिवालय बैठकले थप २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।

नेकपा एसको ५–७ भदौसम्म केन्द्रीय कमिटी बैठक र १८–२२ सम्म केन्द्रीय सचिवालय बैठक बसेको थियो। बैठकले गरेको निर्णयबारे जानकारी दिन एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय सदस्यमा २१ जना मनोनीत गरिएको उल्लेख छ।

एकीकृत समाजवादीको विधानमा केन्द्रीय समितिमा ३५१ जना सदस्य रहने व्यवस्था छ। तीमध्ये केही केन्द्रीय सदस्यको निधन भएको र केहीले पार्टी छाडेका कारण रिक्त २१ सदस्य मनोनीत गरिएको हो। एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष रहेका सुदेश पराजुली पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्।

नेकपा एसले अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

यस्तै, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुंगाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल, शैलेन्द्र उपाध्याय र सुदेश पराजुली नेकपा एसका केन्द्रीय सदस्य बनेका छन्।

प्रकाशित: Sep 14, 2023| 17:00 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्