मंगलबार, वैशाख २९, २०८३

प्रभु क्यापिटल र होस्ते हैंसेबीच सम्झौता नवीकरण

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी संचालनमा ल्याएको लगानी व्यवस्थापन सेवा अन्तर्गत होस्ते हैंसे संगको सम्झौता नविकरण गरेको छ। उक्त सम्झौता अनुसार बालबालिकाहरुको लागि ‘प्रभु लिटिल क्याम्प्स’ नामक लगानी व्यवस्थापन सेवा (पीएमएस) लिए बापत १ जना गरीब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ।

National life

प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई सुरक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलको भनाई छ।

‘छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारा सहित संचालन गरिएको यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरेको हो।

यो लगानी व्यवस्थापन सेवा आफ्नो बालबालिकाहरुको उज्ज्वल भविष्यका लागि संचालन गरिएको पीएमएस सेवा हो। यस पीएमएस सेवाको लगानी अवधि ५ वर्ष, हर्डल रेटः ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) २ प्रतिशत, मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत रहेको छ।

प्रकाशित: Sep 14, 2023| 15:20 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्