शनिबार, असार २७, २०८३

लक्ष्मी भ्यालु फण्ड २ को इकाइहरु नेप्सेमा सूचीकृत

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि सूचीकृत भएको छ।  फण्डको ८ करोड इकाइहरु नेप्सेमा सूचीकृत भएको हो।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो। फण्डको इकाईहरु आउँदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ।

कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

 

प्रकाशित: Sep 14, 2023| 15:19 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्