मंगलबार, वैशाख २९, २०८३

सिभिल क्यापिटल मार्केटको विशेष साधारणसभा सम्पन्न

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारणसभा भदौ २७ गते (तदनुसार १३ सेप्टेम्बर, २०२३) बुधबार सिटिसी मल सुन्धारा काठमाडौंमा सम्पन्न भयो।

National life

सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर विष्टको अध्यक्षतामा सम्पन्न सभाले सिभिल क्यापिटल मार्केटलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात (शेयर स्वाप रेसियो) १००:३१ का आधारमा हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गर्नेलगायतका सबै प्रस्ताव पारित गरेको छ।

कम्पनीको विशेष साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीप्रति धन्यवाद व्यक्त गर्दै कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई हार्दिक धन्यवादसमेत व्यक्त गरेको छ।

 

प्रकाशित: Sep 14, 2023| 15:18 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्