शनिबार, असार २७, २०८३

बर्जर पेन्ट्सको ‘बर्जर हाम्रो घर, हाम्रो सान’ योजना

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

सजावटी रङहरूको निर्माता कम्पनी बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले दसैँ र तिहारको अवसर पारेर ‘बर्जर हाम्रो घर हाम्रो सान’ नामक योजना ल्याएको छ। कम्पनीले आफ्ना ग्राहकको घरको सौन्दर्यता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित रहँदै प्रवद्र्धनात्मक योजना ल्याएको हो।

योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले पाँच लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही एक लाख रुपैयाँ तथा अन्य १० जनाले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ। यसबाहेक, योजनाले घरधनीलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवा प्राप्त गराई विज्ञको सल्लाहअनुसार आफ्नो घर सिँगार्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। साथै, डिजिटल प्रतियोगितामा भाग लिई एक सय उत्कृष्ट घरधनीले आफ्नो घरको सुन्दर तस्बिर सेयर गरेर जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने उल्लेख छ।

योजना बर्जर सिल्कब्रिद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अलगार्ड फ्लेक्सो र वेदरकोट अलगार्डजस्ता सीमित बर्जर उत्पादनमा मात्र लागू हुने कम्पनीको भनाइ छ।

प्रकाशित: Sep 13, 2023| 17:34 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्