मंगलबार, वैशाख २९, २०८३

सुजुकीको ‘सुजुकी पर्वोत्सव अफर’

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदै गरेको महान् चाड दसैँ–तिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ नामको नगद छुट, उपहार योजना सार्वजनिक गरेको हो।

National life

यो योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्ने कम्पनीले जनाएको छ।कम्पनीले नाडा अटो शोलाई समेत लक्षित गर्दै ल्याएको यस योजनाअन्तर्गत नाडा अटो शो कार्यक्रमभरि सुजुकीका कुनै पनि मोडेलका कार खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख  रुपैयाँसम्मको छुट प्रदान गर्नेछ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, सुजुकीका विभिन्न मोडेलहरूका कारहरूबमोजिम फरकफरक हिसाबका छुटहरू लागू हुनेछन्। नाडा अटो शोमा सुजुकीका नयाँ एसयूभीहरू जिम्नी, फ्रोन्क्सका साथै सुजुकीका अरु एसयूभी ग्रान्ड भितारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।

यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ।

 

प्रकाशित: Sep 13, 2023| 17:32 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्