मंगलबार, जेठ ८, २०८१

लर्ड बुद्ध एजुकेशन फाउण्डेशसन २६औँ वर्षमा

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

सूचना प्रविधि क्षेत्रको पहिलो कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले २५ औँ रजत जयन्ती मनाएको छ। २५ वर्ष अगाडि सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दिर्घकालिन सोच बनाएको थियो। आईटीमा स्नातोकोत्तर सम्म अध्ययन हुने फाउन्डेशनबाट अहिले सम्म १२ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन्।

triton college

फाउन्डेशनले स्थापना कालदेखि नै सवैका लागि शिक्षा नीति अंगिकार गर्दै आएको छ। लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विगतमा १० हजार महिलालाई निःशुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक एक जना किशोरीलाई प्रत्येक वर्ष निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ। भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउन्डेशनले स्नातक र स्नातोकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृत समेत गर्दै लगेको छ।

रजत जयन्तीका अवसरमा फाउन्डेसनमा २ दशक देखि संलग्न रहँदै आएका ९ जनालाई सम्माननीय उपराष्ट्रपति रामशहाय प्रसाद यादवले सम्मान गरे। रजयत जयन्तीका अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रसंशा गरे। उनले भने, ‘मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको छ र हाम्रो भविष्य सूचना प्रविधिको विकाशसँग जोडिएको छ।’

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले शिक्षा मार्फत महिला सशक्तीकरणमा पनि महत्त्वपूर्ण योगदान गरेको बताइन्। फाउण्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउँदै भन्ने सरकारको नीतिलाई व्यवहारिक कार्यान्वयन गर्न सफल भएको बताए। नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको उनको भनाई छ।

 

corrent noodles
Metro Mart

प्रकाशित: Sep 13, 2023| 17:32 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्