मंगलबार, जेठ ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • यामाहा नेपालको सर्वाधिक ठूलो 'ब्लू स्क्वायर शोरुम' भक्तपुरको कौशलटारमा

यामाहा नेपालको सर्वाधिक ठूलो 'ब्लू स्क्वायर शोरुम' भक्तपुरको कौशलटारमा

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ।

triton college

प्रमुख अतिथि एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल, हिमालयन रोडिज सिजन-५ का होस्ट सुरजसिंह ठकुरी र अभिनेत्री प्रियंका कार्कीले हालै भक्तपुरको कौशलटारमा ब्लू स्क्वायर शोरुमको सोमबार उद्घाटन गरेका छन्। उक्त शोरुम टू ह्विलर उद्योग कै ठूलो र अत्याधुनिक शोरुम मानिएको छ।

यामाहाको विश्व व्यापी नयाँ अवधारणा 'ब्लू स्क्वायर' लाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याईएको एमए डब्लुले जानकारी दिएको छ। यामाहाको 'ग्लोबल मोटर स्पोर्ट्स लिगेसी' लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा 'ब्लू स्क्वायर' शोरुमलाई लिईएको छ।

ब्लू स्क्वायर शोरुममा प्रयोग गरिएको 'ब्लू' कलरले यामाहा ब्राण्डको 'रेसिङ डिएनए' लाई झल्काउने र 'स्क्वायर' ले 'वान स्टप बाइङ जक्सन' जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, एसेसेरिज र एपेरल्स एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ। यस शोरुममा 'बेटर कस्टमर एक्सपेरियन्स' अनुभव गर्नुको साथै छिटो र 'पर्सनाइल वान टू वान सर्भिस' प्रदान गरिने जानकारी गराईएको छ। यामाहाको ग्राहकले अझ नजिकबाट  यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै 'डिजिटल टेक्नोलोजी' मार्फत 'क्यूआर कोड' स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्न सकिने छ।

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा 'ब्लू स्क्वायर' को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनिको ठहर छ। साथै भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ।

corrent noodles
Metro Mart

'हामी कौशलटार , भक्तपुरमा हाम्रो यामाहा ब्लू स्क्वायर शोरुम खोल्न गर्न पाउँदा अत्यन्तै हर्षित छौँ। यो पनि सबैभन्दा ठूलो र सबै भन्दा सुविधाजनक शोरूम मध्ये एक हो। यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर एसेसरिज र एपेरल्स उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ।'  यामाहा नेपालका सिइओ राजु क्षेत्रीले बताए।

 

प्रकाशित: Sep 13, 2023| 17:31 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्