मंगलबार, वैशाख २९, २०८३

एभरेष्ट बैंक र ओम अस्पतालबीच छुट सम्झौता

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।​

National life

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकहरूले ओम अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन्। बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तीनका पारिवारिक सदस्यहरूले आईपीडी–डाइगोस्टिक, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशतसम्म छुट पाउनेछन्।

यस्तै, दन्त सेवामा ५ प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। सम्झौता हस्ताक्षर समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीलगायतको उपस्थिति रहेको थियो।

स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइमा रहेको एभरेष्ट बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन्।

बैंकले देशैभरिका १२७ शाखा, ३ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

साथै नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा केन्द्रबाट समेत सेवा दिँदै आइरहेको बैंकले जनाएको छ।

 

प्रकाशित: Sep 13, 2023| 17:30 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्