बुधबार, जेठ ९, २०८१

इसेवा र नागरिक लगानी कोषबीच सम्झौता

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तारबारे सोमबार एक सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरु ले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजना को मासिक भुक्तानी तथा सबै कर्जा को भुक्तानी सजिलै गर्न सक्नेछन्।

triton college

सो सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका तर्फबाट निर्देशक सीए शोभा श्रेष्ठले हस्ताक्षर गरेका छन्।

हाल ८० लाख प्रयोगकर्ताको संजाल रहेको इसेवा र नागरिक लगानी कोषको यो सहकार्यले नेपाल सरकारको डिजिटल नेपाल को अवधारणालाई टेवा दिदै बिध्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ८० लाख बढि ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका २ लाख १५ हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, लोक सेवा आयोग को आबेदन दस्तुर , आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ।

corrent noodles
Metro Mart

 

प्रकाशित: Sep 13, 2023| 17:29 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्