मंगलबार, वैशाख २९, २०८३

हुन्डाइको फेष्टिभ डिलाइट २०८० सार्वजनिक

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

हुन्डाइ नेपालले २१ भदौदेखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइज रहेको हुन्डाइ एसयूभीको अनावरण गरिएको छ। भृकुटीमण्डमा जारी ‘नाडा अटो शो’मा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट अनावरण गरिएको उक्त एसयूभी हुन्डाइ एक्सटर रहने कम्पनीले बताएको छ।

National life

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

ग्राहकको सन्तुष्टिका लागि सार्वजनिक गरिने योजना मध्ये फेष्टिभ डिलाइट २०८० योजना अन्तर्गत बम्पर प्राइजमा हुन्डाइ एक्सटर प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अटो शोमा हुन्डाइका विभिन्न उत्पादनहरुको अवलोकन गर्नुका साथै लागेका जिज्ञासाहरु पनि मेट्न सकिने कम्पनीले बताएको छ। हुन्डाइका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध रहेको र यो योजना छठ पर्वसम्म लागू हुनेछ।

 

प्रकाशित: Sep 13, 2023| 17:28 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्